५२ अपांग र बिद्यवालाई न्यानो सिरक

कपिलवस्तु –कपिलवस्तु नगरपालिका वडा नम्बर ३ ले ५२ अपांग र बिद्यवालाई न्यानो सिरक उपलब्ध गराएको छ । शीतलहरसंगै जडो बढे पछि उनीहरुलाई वडा कार्यालयमा आईतवार सिरक बितरण गरिएको हो । पुर्व मन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश की पर्यटन, ग्रामीण र शहरी विकास मन्त्री रिना नेपाल, कांग्रेस प्रदेश सदस्य माया ज्ञवाली लगायतले उनीहरुलाई सिरह हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा पुर्वमन्त्री आचार्यले जिल्लामा रहेका ९६ वटै वडाले के कस्तो काम गरको भन्ने कुरा आफुलाईै जानकारी रहेको बताउनु भयो । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मा राम्रो काम भएको भन्दै उहाँले वडाध्यक्षहरुले गरको कामको आधार र जनाताको मूल्यांकनका आधारमा आफनो पार्टीै टिकट दिने बताउनु भयो । यस्तै सो अवसरमा मन्त्री नेपालले जडोयाममा वडाले अपांग र एकल महिलालाई सिरक उपलब्ध गराएर राम्रो काम गरेको बताउनु भयो ।
उहाँले जनताले यस्तो कामको मुल्यांक गर्नु पर्ने बताईन उप मेयर लक्ष्मी गुप्ताले पालिका र वडाले जनताको भावना अनुसार काम गरेको बताउनु भयो । वडा अध्यक्ष प्रकाश गरुेको अध्यक्षता र अर्जुन चापागाईको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यष किरणमान त्रज्राचार्य नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, युवा नेता प्रकाश घिमिरे लगातयले वडाले अपांग र एकल महिलालाई जाडोयाममा सिकर उपलब्ध गराएर राम्रो काम गरेको बताउनु भयो ।
