पाकिस्तान नियन्त्रित कश्मीरका नागरिकले ‘मोदीलाई गरे उद्धारको आग्रह’

सेयर गर्नुहोस

काठमाडौं । पाकिस्तानको कब्जामा रहेको कश्मीर क्षेत्रका नागरिकले भारत सरकारसँग सहयोग मागिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा पाकिस्तानले कब्जा गरेको कश्मीर क्षेत्रका बासिन्दा मलिक वसीमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आएर आफुहरुलाई छुटकारा दिलाउन भन्दै हारगुहार गरेका छन् ।

उनले त्यहाँ रहेको सबै सम्पत्ति भारत र सिखहरुको रहेको बताएका छन् । बालबालिकासहित आफ्ना परिवारलाई यातना दिँदै पाकिस्तानी प्रहरीले घरबाट जबरजस्ती निकालेर सिल गरेको दुखेसो उनले भिडियामो पोखेका छन् ।

भिडियोमा ती व्यक्तिले भनेका छन्, ‘हाम्रो घर पुलिसले सिल गरेको छ । म मुजफ्फराबादका कमीश्नरलाई घर हामीलाई हस्तान्तरण गर्न आग्रह गर्दछु। तपाईंले मेरा बच्चाहरूलाई सडकमा देख्न सक्नुहुन्छ। मलाई केही भयो भने त्यसको जिम्मेवारी कमीश्नर र तहसीलदारको हुनेछ ।’

आफ्नो घरको सिलबन्दी नहटाए आफुले भारत सरकारको सहयोग लिने चेतावनी समेत ती व्यक्तिले दिएका छन् । उनले भनेका छन्, ‘यीनीहरुले मेरो घर खोलुन, नत्र भारत सरकारको सहयोग लिन बाध्य हुनेछु । यीनीहरुलाई सबक सिकाउन म प्रधानमन्त्री मोदीलाई पाठ सिकाउन आग्रह गर्दछु।’                                                          https://twitter.com/NEP_JKGBL?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1483408942256513029%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fhamrakura.com%2Fnews-details%2F116101%2F2022-01-22

Facebook Comments Box