भारतको मुम्बईमा २० तले भवनमा आगलागी हुँदा ६ जनाको ज्यान गयो, २८ घाइते

सेयर गर्नुहोस

भारतको मुम्बईमा एउटा भवनमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको तारदेवमा रहेको एउटा २० तले भवनमा शनिबार  बिहान आगलागी भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

कमला भवनको १८ औँ तलाबाट आगलागी भएको हो । ६ जनाको ज्यान गएको र २८ जना घाइते भएका इन्डिया टुडेले जनाएको छ । घाइतेको भाटिया अस्पतालमा उपचार भइरहेको छ । १३ दमकल तथा सातवटा पानीका जेटले आगो निभाएका छन् । आगलागीको कारण भने खुलेको छैन ।

Facebook Comments Box