बालबिकास शिक्षकले १५ हजार नै पाउने , केही याेजनाहरु पनि संशोधन गरि थपिने निर्णय सभाबाट पारित

सेयर गर्नुहोस


कृष्णनगर, माघ ६ । आर्थिक बर्ष ०७८/७९ काे बजेट तथा कार्यक्रमकाे मध्यावधि समीक्षा तथा मुल्यांकन गरि कृष्णनगर नगरपालिकाकाे साताैं नगरसभा समपन्न भएकाे छ ।
साताैं नगर सभाका अध्यक्ष एवं नगरप्रमुख रजत प्रताप शाहले कार्यक्रमलाई सम्बाेधन गर्दै कृष्णनगरमा बस व्यवस्थापनका लागि आवश्यक जग्गा नभएका कारण जाे काेही आफ्नाे स्वाइच्छाले जग्गा दिन चाहेमा नगरपालिका बसपार्क बनाउन प्रतिवद्धता रहेकाे बताउनुभयाे । उनले कृष्णनगर नगरपालिका भित्रकाे शिवराज अस्पतालमा अप्रेसन कक्ष लगायत १५ बेडकाे भवन र वडा १२ काे बेदमउमा हेल्थपाेष्टसमेतकाे निर्माण समपन्न भइरहेकाे जानकारी गराउनुभयाे । नगर प्रमुख शाहले नगरपालिकामा आएकाे बेरुजु केही प्रशासकीय अधिकृतहरुकाे लापरवाहीले चालू याेजनाकाे आवश्यक कागजात र बिलभरपाई नपुग्नु नै रहेकाे ओैल्याउनुभयाे । नगरपालिकाकाे बिकास निर्माणलाई पछि पार्न सम्बन्धित मन्त्रालयहरुले पटक पटक प्रमुख प्रशासकीय अधिकृतहरुकाे फेरबदलका कारण असम्भव बनाएकाे छ तर हामी दृढ भएका कारण जनभावना अनुरुपकाे सेवा दिदै आएका छाैं । कर्मचारी व्यवस्थापन हुन नसकेकाेले वेरुजु बढदै जाने हाे , जब सम्म कर्मचारी निरन्तर हुदैन्न र आवश्यक कागजपत्र दुरुस्त हुदैन तबसम्म यस्ता समस्या रहि रहने नगरप्रमुख शाहले बताउनुभयाे। बालबिकासका शिक्षकहरुकाे तलबवृद्धि गुनासाेलाई सम्बाेधन गर्दै सभाले नेपाल सरकारद्वारा दिइने ८ हजार र नगरपालिकाबाट ७ हजार गरि कुल १५ हजार मासिक दिने निर्णय पनि बहुमतले पारित गरिएकाे छ । साथै स्वास्थ्य संस्था लगायत अन्य कार्यालयमा कार्यरत कार्यालय सहयाेगीहरुकाे पनि तलब वृद्धि गरिने नगरप्रमुख शाहले जानकारी गराउनुभयाे ।
आफ्नाे मन्तव्य राख्दै कार्यपालिका सदस्य सेतु मिश्रले बाल बिकासकाे तलब बढाउंदा कार्यालय सहयाेगीकाे पनि बढाउनु जायज हाे तर दुवैले दस बाजेदेखि चार बजेसम्म विद्यालयलाई समय दिनुपर्ने कार्ययाेजना बनाउने धारणा राख्नुभएकाे थियाे ।
त्यसतै वडाध्यक्ष संजय कुमार गुप्ताले साताैं नगरसभा आफ्नाे कार्यकालकाे अन्तिम नभई फेरि पनि हामी दाेहाेरिन्छाैं किनकी हामीले गरेका बिकास निर्माणदेखि विभिन्न क्षेत्र सशक्तीकरणका कार्यले अवश्य नै प्रतिफल सकारात्मक दिनेमा विस्वस्त रहेकाे बताउनुभयाे । उनले नगरपालिकाकाे मुख्यबजार कृष्णनगरमा सडक विस्तारदेखि लिएर आन्तरिक आमदानी स्राेत बढाउन सार्वजनिक शाैचालय र आधा दर्जन पसलहरु निर्माण अन्तिम आवस्थामा रहेकाे जानकारी गराउनुभयाे ।
राेजगार संयाेजक इश्वरि पाैडेलकाे संचालनमा शुरु भएकाे सभामा माघ १० गते अवकाश पाइरहेका प्रमुख प्रशासकिय अधिकृत विजय बहादुर कार्कीलाई पनि नगरसभा मै बिदाई गरिएकाे थियाे । नगर उपप्रमुख सबनम खातुन विविध कारणले अनुपस्थित रहे तापनि कार्यपलिकाका अन्य सदस्य, कर्मचारी तथा संचारकर्मी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Facebook Comments Box