कञ्चन जेसिजले गर्यो घर- घरमा पुगि न्यानो कपडा वितरण

सेयर गर्नुहोस

प्रिया अधिकारी
रुपन्देही ।

कञ्चन जेसिजले बर्ष २०२२को पहिलो कार्यक्रम अन्तर्गत घर घरमा पुगि अति विपन्न जेष्ठ नागरिक तथा अपांग नागरिकक गरि ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ। कञ्चन गाउँपालिकाको वडा १ र २ गरि ३० घर परिवारलाई न्यानो कपडा गरेको छ ।जस मध्ये १ जना अपांग र २९ जना अति विपन्न तथा जेष्ठ नागरिक रहेका छन् ।

वर्तमान अध्यक्ष राजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चन जेसिज संस्थापक अध्यक्ष चुडामणि पौडेलले बोल्दै अति विपन्न तथा जेष्ठ नागरिकहरुलाई यो चिसोको मौसममा न्यानो कपडा वितरण गर्दा केही भए पनि राहत मिल्ने र चिसो कै कारण विरामी तथा ज्यानै जान सक्ने सम्भावना कम हुने हुँदा आफुले सकेको न्यानो कपडा वितरण गरेको बताउनु भयो। २०२० का अध्यक्ष बाबुराम पौडेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा कार्यक्रम संयोजन नारायण शर्माको आस्था पाठ , २०२१का निवर्तमान अध्यक्ष राधिका चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रम जेसि महासचिव बुद्धि प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments Box