विजयनगरमा बर्थिङ सेन्टर उद्धघाटन

कपिलवस्तुको विजयनगरमा बर्थिङ सेन्टर उद्धघाटन भएको छ ।
मंगलवार एक कार्यक्रम बीच पालिका अध्यक्ष गोपाल बहादुर थापाले वडा न. ७ गणेशपुरमा बर्थिङ सेन्टरको उद्धघाटन गर्नु भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकामा ३ वटा बर्थिङ सेन्टर संचालनमा आएकोले पालिकाको जनसंख्याको हिसाबले सबैलाई सेवा पुग्ने विस्वास लिएको बताउनु भयो । अबको कार्य बर्थिङ सेन्टरको भौतिक संरचना,गुणस्तरीय सामाग्री तथा दक्ष जनशक्तिको थप ब्यवस्थापन गर्नु पर्ने आवश्यक रहेकोे थापाले बताउनु भयो । पालिकाबासीको स्वास्थ्यलाई ध्यानमा राखेर १५ शैय्याको हस्पिटल छिट्टै निर्माण कार्य सम्पन्न गरि संचालनमा ल्याउने गरि कार्य अगाडी बढेको थापाले बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष कुमारी चौधरीले “म आफै घरमा बच्चा जन्माउदा विगतको जोखिमयुक्त पिडा सम्झिदै” भन्नुभयो जनप्रतिनिधि भएर आएपछि मेरो पहिलो कार्य बर्थिङ सेन्टर रहेकोे थियो जुन आज मेरो सपना पूरा भएको बताउनु भयो । पालिका भित्र रहेका सम्पुर्ण आमा,दिदीबहिनीहरुलाई सक्दो सदुपयोग गरि सेवा लिन आग्रह गर्दछु ।
पालिकाले लिएको लक्ष्य शुन्य होम डेलिभरी गर्नमा सबैपक्षलाई सहयोग चौधरीले अनुरोध गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बर्थिङ सेन्टर थप्ने क्रममा गर्भवती महिलाले सेवा लिन संख्यात्मक रुपले केहि मात्रामा बाहिर जाने कम भएको छ जसले गर्दा सुबिधाको हिसाबले न्युनतम आधारभूत कुराहरु पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको अध्यक्ष दिनेश कुमार चौधरीले स्वास्थ्यमा बनाइएको मापदण्डलाई पूरा गरेमा बुटवल,भैरहवाको लागि गर्भवती महिलालाई लैजादा नि:शुल्क एम्बुलेन्स सेवा संचालन ल्याएको बताउनु भयो । गर्भवती महिलाले नियमित रुपमा चेकजाँच,बर्थिङ सेन्टरमा गई बच्चा जन्माउने गरेमा नि:शुल्क एम्बुलेन्स सेवा १ हजार ८ सय नगद रुपैया पाेषणयुक्त खाने कुराको ब्यवस्था ३५ दिन भित्र जन्म दर्ता गराएमा नि:शुल्क सुबिधा पाउने चौधरीले बताउनु भयो । कार्यक्रमको अवसरमा स्वयंसेविकालाई साइकल, दराज प्रोत्साहन स्वरुप वितरण गरिएको थियो ।
