कपिलवस्तुका समुदायमा फैलीयो कोरोना, परिक्षणको सुरसार छैन

सेयर गर्नुहोस

कपिलवस्तु । कपिलवस्तुका समुदायमा कोरोना तिव्र रुपमा फैली रहेको छ । पिसिआर परिक्षण तथा एन्टीजोन मार्फत जाचँ कार्यमा भने जिल्लाका १० पालिकाले कुनै सुरसारमा छ्रैन्न । कपिलवस्तु जिल्लामा हाल सम्म ३,६०,५२४ जनाले कोरोना विरुद्दको खोप कम्तिमा १ मात्रा प्राप्त गरेका छन् भने १,४७,१४९ जनाले खोपको पूर्णमात्रा प्राप्त गरेका छन्। पछिल्लो समय १२ देखि १७ वर्ष उमेर समूहका लागि प्राप्त भएको मोर्डना खोप ७०,९९६ जना किशोर किशोरीले पाईसकेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार पुस ३० गते कृष्ण नगर नाकामा १५६ जनामा एन्टिजेन टेस्ट गर्ने क्रममा २४ जनाको पोजिटिभ देखिएको बताउदै कपिलवस्तुमा समुदायमा ओमिक्रोन फैलिसकेकाले यसबाट बँच्न र बचाँउन सबैजनाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु सँगै खोप अनिवार्य रुपमा लगाउँन आग्रह गरेको छ ।

यता पिपरा अस्पतालमा कार्यरत २ जना डाक्टरलाई कोरोना स्रकमण देखिएको छ भने अस्पतालमा कोरोना लक्षणका बिरामी पनि ह्वात्तै बढेका छन । साथै यस क्षेत्रका अन्य अस्पतालमा पनि कोरोना लक्षण सहितका बिरामी आउन थालेका छन । कपिलवस्तुका १० पालिकालेनै समयमा कोरोना परिक्षण दायरा बढाएर उपयुक्त कदम चाल्नु पर्ने देखिन्छ ।
कपिलवस्तु जिल्लामा खुला सिमाका कारण कोरोना छिटो र बढि फैलीने सम्भावना छ ।

Facebook Comments Box