बुद्धभुमीमा हाट बजार संचालनमा रोक

सेयर गर्नुहोस

कपिलवस्तु -कोरोना संक्रमण बढदै गए पछि बुद्धभुमी नगरपालिकाले हाट बजार संचालनमा रोक लगाएको छ । हाट बजारमा अब दैनिकरुपमा कृषि उपज मात्र स्वास्थ्य मापदन्ड पालना गरी बिक्रिी बितरण गर्न गरी निर्णय गरिएको हो ।

नगरपालिकाको बुढ्ढी स्थित कार्यालयमा सरोकारवाला बिच गरिएको बैठकबाट सो निर्णय गरिएको हो । मेयर केशव कुमार श्रेष्ठले नगरपालिका भित्र कृषि उपजको हाट बजारलाई स्वास्थय मापदन्ड पुर्ण पालना गरी हरियो तरकारी, फलफुल र माछा मासु दैनिकरुपमा बेच्न पाउने गरी निर्णय भएको बताउनु भयो । नगर क्षेत्र बाहिरका ब्यापारीहरुलाई हाट बजारमा आउन नदिने यदि आए भने त्यसको जिम्मेवारी हाटबजारका ब्यापारीरुले लिनु पर्ने उहाँले बताउनु भयो ।

बैठकमा जिल्ला कोभिड ब्यवस्थापन समितिले गरको निर्णयहरु पालना गर्दै नगर क्षेत्रका बिद्यालय माघ १५ सम्म बन्द गर्ने, माघ ७ देखि नगर क्षेत्रका सरकारी कार्यालय र सार्वजनिक स्थमला खोप कार्ड खनिवार्य गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत केशवराज सुबेदीले बताउनु भयो ।

यस्तै नगरबासीलाई स्वास्थय मापदन्ड पालना गर्न आग्रह गर्ने समेत निर्णय गरिएको छ । बैठकमा सहभागी रहेको कपडा र अन्य ब्यापारीले भने आफुहरुलाई पनि स्वास्थ्य मापदन्ड पालना गरी हाज बजारमा पसल संचालन गर्न दिईनु पर्ने माग गर्नु भयो ।

Facebook Comments Box