अपाङ्गता अभिमुखीकरण तथा पुर्नस्थापना सेवा वितरण कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

कपिलवस्तु –अपाङ्गता भएका व्यक्तिहरुलाई दया माया होइन अधिकार सहितको अवसरको खाँचो छ भन्ने मुल नाराका साथ अपाङ्गता अभिमुखीकरण तथा पुर्नस्थापना सेवा वितरण कार्यक्रम आज सम्पन्न भएको छ। लुम्बिनी अपाङ्गता विकास केन्द्रको आयोजना र कपिलवस्तु नगरपालिका वडा नं ९को सहयोगमा उक्त कार्यक्रम वडा नं ९को कार्यालयको सभाहल जगदिशपुरमा सम्पन भएको हो।

उक्त कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु नगरपालिका वडा नं ९का वडाअध्यक्ष शिव बहादुर वाग्लेले अपाङ्गता भएको नागरिकको हकहितको आफु सदैब सहयोग गर्न तयार रहेको बताउनु भएको छ। आगामी निर्वाचनमा जित हासिल गरे अपाङ्गताको क्षेत्रमा बढी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। वडासदस्य खगेश्वर उपाध्यायले अपाङ्ग भएका व्यक्तिले पनि सबै काम गर्न सक्ने हुदा आफनो आत्मबल बढाउदै काम गर्र्न आग्रह गर्नु भयो।

कार्यक्रममा अपाङगता भएका व्यक्तिलाई आयर्आजनमा टेवा पुर्याउन ५ हजारका दरले १२ जनालाई र १ जनालाई शैक्षिक सामग्री प्रदान गरिएको लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियाले जानकारी दिनु भएको छ।

कार्यक्रममा सहभागिले यो कार्यक्रमले जागरुक्ता ल्याउने बताएका थियो। त्यस्तै वडा कार्यालयले सहजरुपमा सेवा प्रदान गर्न आग्रह गरेका थिए। कार्यक्रममा लुम्बिनी अपाङगता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसीयाको अध्यक्षता, वडा नं ९का वडाअध्यक्ष शिव बहादुर वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो। वडासदस्यहरु खगेश्वर उपाध्याय, अन्जु पोखरेल, सत्यनारायण थारु, बिना विकलगायतको आतिथ्यता रहेको थियो। राष्ट्रिय अपाङग महासंघ नेपालका निवर्तमान बरिष्ठ उपाध्यक्ष देबी बहादुर पोखरेलको सहजीकरण, केन्द्रका सचिव शिवानन्द बर्माको स्वागत र सुचिता श्रीवास्तवको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Facebook Comments Box