कृष्णनगर नगरपालिकाद्वारा शिक्षा क्षेत्र बिकासमा उदाहरणीय पहल
पुर्वाधार सहित हाल ६ वटा मावि संचालनमा ,प्रत्येक वडामा एउटा मावि संचालन गर्ने लक्ष्य
कपिलवस्तु , माघ २ । जिल्लाकाे कृष्णनगर नगरपालिकाले प्रत्येक आर्थिक बर्षमा शिक्षा क्षेत्र बिकासलाई प्राथमिकतामा रखेकाे बताएकाे छ ।
कृष्णनगर नगरपालिकामा स्थानीय निर्वाचन पुर्व मात्र चार वटा माध्यमिक विद्यालयहरु थिए , ती हुन बहादुरगंजमा रहेकाे राम गाेरखा मावि, अजिगरा मावि , महेन्द्र मावि र नेत्र ज्याेति मावि साैनहवा । निर्वाचनपछि कृष्णनगर वडा ६ कर्मा मावि र वडा १ शिवानगरमा श्रीदेवी मावि गरि अहिले नगरपालिका भित्र छ वटा सामुदायिक माध्यमिक विद्यालय संचालन भइसकेका छन भने राम गाेरखा माविमा सिटिइभिटीबाट संचालित जेटिए तर्फकाे कृषि र पशु विज्ञानकाे प्रविधिक शिक्षा पनि संचालनमा रहेकाे शिक्षा अधिकृत बलराम पन्थीले जानकारी दिनुभयाे ।
नगरभित्र एउटा क्याम्पस पनि संचालन गर्ने याेजना रहेकाे छ । प्रथम चरणमा डिपिआर गरिसकेकाे राम गाेरखा माविमा आवश्यक पुर्वाधार निर्माण हुँदै आएकाे छ , हुलाकी सडक विस्तार भएपछि जनशक्ति व्यवस्थापन गरि क्याम्पस संचालन हुने नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयाे । विगत पचीस बर्षदेखि स्थानीय प्रतिनिधि विहिन भएका कारण चार बर्ष मै सबै कार्य समपन्न नहुन सक्ने भएकाले बाटाेघाटाेमात्रै नभई शिक्षा , स्वास्थ र कृषिमा पनि विशेष ध्यान दिदै आएकाे नगरप्रमुख शाहकाे भनाइ छ ।
त्यसतै दर्जनौं गाउंकाे बीचमा अवस्थित वडा १२ हृदयनगरकाे श्री राष्ट्रिय निमावि लाई मावि संचालनका लागि पुर्वाधार निर्माण भइरहेकाेले नगरपालिका काे पश्चिमी क्षेत्रमा शिक्षा विस्तारका लागि विशेष ध्यान दिएकाे नगरप्रमुख शाहले बताउनुभयाे । प्रत्येक वडामा एउटा मावि पुर्याउने हाम्राे लक्ष्य रहेकाे नगरप्रमुख शाहले बताउनुभयाे ।
हृदयनगर विद्यालयमा अहिले लगभग छ सय बिद्यार्थी अध्ययनरत छन तर नया शैक्षिक सत्र देखि मावि संचालन भएपछि नगरपालिकाकाे बेदमउ , भगवानपुर, पटना, ठकुरापुर , बसन्तपुर लगायत पश्चिमका हजारौं बिद्यार्थीहरु जाे दुरिका कारण कृष्णनगर नआएर पढाइ बीचमै छाेड्छन तिनीलाई सजिलाे हुने विद्यालयका प्रअ घनश्याम चतुर्वेदीकाे भनाई छ ।
नगरभित्र शिक्षक आभावले दैनिक पठनपाठन प्रभावित भइरहेकाले सैयाें सहयाेगी शिक्षक भर्ना गरेर विद्यालयहरुमा आवश्यक जनशक्ति पुर्याइएकाे निम्ति प्रशासकिय प्रमुख चन्दराम चाैधरीले जानकारी दिनुभयाे ।उनले लगातार कर्मचारी विस्थापनले गर्दा केही समस्या हुने गरेकाे तर बिस्तारै समाधान हुदै जाने विस्वास व्यक्त गर्नु भएकाे छ ।
