राष्ट्रिय युवा संघ नेपालकाे वडा समिति गठन अध्यक्षमा चन्द्र कुमार यादव

धनी राम काेरी
महाराजगन्ज , माघ १
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनी मा स्थित राधेश्याम प्राथमिक विद्यालयमा राष्ट्रिय युवा संघ नेपाल काे वडा समिति काे अध्यक्ष सर्वसहमति मा यादव चयन भएका छन् ।
त्यसै गरी उपाध्यक्ष इसरार धुनिया , सचिव उमेश बरई ,सहसचिव सतिश चाैधरी , काेषाध्यक्ष मनाेज गुप्ता , सदस्यहरु संजय कुमार चाैधरी , सुरेन्द्र यादव , राम चन्द्र बरइ , घनश्याम बरई , घनश्याम यादव सर्वसहमति मा चयन भएका हुन ।
उक्त गठन मा युवा नेता तथा राष्ट्रिय युवा संघ नेपाल महाराजगन्ज का नगर अध्यक्ष दिपक द्विवेदी , काेषाध्यक्ष रामानन्द चाैधरी , युवा नेता तथा अखिल नेपाल पिछडा वर्ग महासंघ का केन्द्रीय सदस्य अभिषेकमणि यादव लगायत अन्य युवाहरुकाे सहभागीता रहेको थियो ।
Facebook Comments Box
