जनमत पार्टीका नेता ओझा द्वारा माघी सङ्क्रान्तिको शुभकामना व्यक्त

धर्मेन्द्र कुमार कुर्मी
विजयनगर ,माघ १ ।
किसान आन्दोलनमा हाेमिएका जनमत पार्टी नेता मनोज कुमार ओझाले सबै अवध भाषी तथा माघी संक्रन्ति मनाउने समुदायलाई शुभकामना व्यक्त गरेका छन ।
जनमत पार्टी भ्रष्टाचार निवारण बिभाग जिलाअध्यक्ष समेत रहनुभएका ओझाले माघी सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख,शान्ति,एवम सम्वृद्धिको कामना गर्नुभएको छ ।
ओझाले आदिबासि जनजाति थारु समुदायको नयाँ बर्ष २६४६ औ सम्बतको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना ब्यक्त गर्दै , बढ्दो कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणबाट सुरक्षित भई माघी मनाउन आग्रह गर्दै यो पर्वले सबैलाई एकताबद्ध बनाई राष्ट्र बिकासमा टेवा पुग्ने विश्वास गरेका छन ।
यस्तै भिडभाड नगरी आ-आफ्नो घरमा सुरक्षित बसी हर्षउलासको साथ पर्व मनाउन ओझाले आग्रह गर्नुभको छ ।
Facebook Comments Box
