कृष्णनगर नाकामा एकै दिन २४ जनामा देखियो कोरोना, समुदायमा फैलिएको आशंका
कपिलवस्तु
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार कृष्णनगर नाकामा गरिएको एन्टिजेन टेस्टमा २४ जनामा संक्रमण देखिएको हो ।
कृष्णनगर नाकामा शुक्रबार १ सय ५६ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा २४ जना संक्रमित देखिएका थिए ।
स्वास्थ्य कार्यालयले कपिलवस्तुको समुदायस्तरमा ओमिक्रोन फैलिसकेको भन्दै सचेत रहन चेतावनी जारी गरेको छ ।
यसबाट बच्न र बचाउन सबै जनाले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र खोप अनिवार्य रुपमा लगाउनुपर्नेमा कार्यालयले आग्रह गरेको छ ।
Facebook Comments Box

