विजयनगर गाउँपालिकाको १०औं गाउँसभा सम्पन्न ।

सेयर गर्नुहोस

 

कपिलवस्तु – विजयनगर गाउँपालिकाको १०औं गाउँसभा सम्पन्न भएको छ ।

बिहीवार पालिकाको सभा हल खडैचामा शिक्षा, स्वास्थ्य कृषि र पुर्वाधार विजयनगरको समृद्धिको आधार भन्ने मुल नारा सहित १० औं गाउँसभा सम्पन्न भएको हो ।

कार्यक्रमलाई उद्घघाटन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले हरेक क्षेत्रमा काम गरेर पालिकालाई प्रदेश मै चिनाउन सफल भएको बताउनु भएको छ ।

गाउँपालिकाको सडक संजाल अन्तर्गत कालो पत्रे, पुल, कल्भर्ट निर्माण, बाटो मर्मत तथा स्तर उन्नति ,वडा कार्यालय को भवन निर्माण, स्वास्थ्य तर्फ एम्बुलेन्स व्यवस्थाप, बर्थिङ सेन्टर निर्माण हस्पिटलको लागि जग्गा व्यवस्थापन गरि १५ शैय्या को लागि टेण्डर भइ छिट्टै कार्य संचालन हुने, कृषि तर्फ राजकुलोको गुरु योजना तयार गरि स्तर उन्नति कार्य, डिप बोरिङ को काम छिट्टै संचालन हुने शुद्ध खानेपानीको लागि ओभरहेड टेन्की को गुरु योजना बनाइ केहि वडामा निर्माण कार्य भइरहेको, आवातजावतलाई सहजता गर्न झुलेङे पुन निर्माण, शिक्षा तर्फ स्वयंसेवक शिक्षक भर्न, विद्यालयको भौतिक संरचना निर्माण, सिभिल कक्षा संचालन गर्नुको साथै प्रस्तावित नमूना विद्यालय हुनु, खेल मैदान निर्माण,शंकरपुर तालको लागि गुरु योजना बनाइ पर्यटकिय क्षेत्रको लागि कार्य आगाडि बढेको, बजार व्यवस्थापन जस्ता लगाएत महत्त्वपूर्ण कार्य भएको थापाले बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले गाउँपालिकाको श्रोत साधनले भन्दा बढी काम गरिएको दावी गर्नुभएको छ। कार्यक्रममा बोल्दै चौधरीले न्यायीक जिम्मेवारी सम्हाली रहदा पालिका बासीले न्यायको अनुभती पाएको बताउनु भयो । पालिकाकाे दशाैं गाउँसभा चालू आर्थिक वर्ष काे अर्धबार्षिक समीक्षा,केही याेजना संशोधन,थपघट र रकमान्तर गर्नु को साथै ५ वटा विभिन्न ऐनहरु पारित भएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनु भएको छ । गाउँसभा वडा अध्यक्ष,कार्यपालिका सदस्यहरुको विशेष सहभागितामा कार्यक्रम सम्पन्न भएको थियोे ।

Facebook Comments Box