शिवराज ३ मा तीन महिने कम्प्युटर तालिम सम्पन्न

सेयर गर्नुहोस

 

माधव बेल्वासे,कपिलवस्तु –कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ मा आयोजित तीन महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा ३ को सहयोग र राइटस्टेप एजुकेसन एकेडमिको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको थियो । तालिम समापन गर्दै वडा अध्यक्ष टेकलाल सापकोटाले आजको आवश्यकता कम्प्युटर शिक्षा रहेकोले वडाले प्राथमिकता दिएको बताउनुभयो । जुनसुकै काम गर्दा पनि कम्प्युटर शिक्षा आवश्यकता रहने भएकोले वडाले निःशुल्क आधारभूत तालिम प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले आफू निर्वाचित भएपछि वडाको विकास तीव्र रूपमा भएको दाबी गर्नुभयो । वडाका विद्यालय,कृषक,स्वास्थ्य,व्यापारी,युवा महिला किशोर किशोरी लगायतलाई विभिन्न सीमपुलक तालिम दिएको बताउँदै नागरिकहरू आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । युवा विद्यार्थीहरूको मागको आधारमा आगामी समयमा पनि यस्ता तालिमहरू राखिने बताउँदै वडाको विकासमा सवैले साथ दिन आग्रह गर्नुभयो । तालिम फलदायी भएको भन्दै सहभागीहरूले यस्ता खाले तालिमको योजना बनाउन वडालाई आग्रह गरेका छन् ।

कार्यक्रममा राइटस्टेप एजुकेसन एकेडेमीका प्रबन्ध निर्देशक दीपेन्द्र पौडेलले तीन महिना सम्म आधारभूत कम्प्युटर तालिम दिइएको बताउनुभयो । एकेडेमीले एक वर्षे कोर्स सञ्चालन गरिरहेकोले इच्छुक विद्यार्थीहरूलाई उक्त कोर्स अध्यापन गर्नको लागि आग्रह गर्नुभयो ।

Facebook Comments Box