श्रीमतिले धकेल्दा श्रीमानको मृत्यू

सेयर गर्नुहोस

 

भालुवाङ ३० पुस । दाङको देउखुरीमा श्रीमतिले धकेल्दा लडेर श्रीमानको मृत्यु भएको छ।राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला रामनगरमा शुक्रवार मध्यान्न करिव १२ बजेको समयमा बाटो माथिबाट श्रीमती मनकला कुमालले धकेल्दा श्रीमान ४५ वर्षिय हेमराज कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।

श्रीमतीले बाटोको ढिकवाट धकेल्दा गम्भीर घाइते भएका कुमाललाइ प्रस्तावित भालुवाङ अस्तपाल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।श्रीमान श्रीमति दुवै मादकपदार्थ सेवन गरेको अवस्थामा दुवै जना जिस्किदा आफुले हल्का धकेलेको मनकलाले स्वीकार गरेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन्। कृषि सडकवाट लडेका हेमराज बराखुट्टी प्रगन्ना सिचाई कुलोमा ठोकिन पुगेका थिए।

Facebook Comments Box