आर्यात बचत तथा ऋण सहकारीको १३ औ साधारण सभा

सेयर गर्नुहोस

 

कपिलवस्तु – कपिलवस्तु नगरपालिका वडा नम्बर १ नया टोली स्थित आर्या बचत तथा ऋण सहकारीको १३ औ साधारण सभा तौलिहवामा संपन्न गरिएको छ । सभाको उदघाटन गर्दै लुम्बिनी प्रदेशकी पर्यटन, ग्रामीण तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले सहकारीले मुलुकको आर्थिक बिकासमा योगदान दिएकोृ बताईन । उनले सहकारीले सामाजिक उत्थानमा समेत योगदान दिनु पर्ने बताईन ।

उनले सहकारीले गरीब र बिपन्न परिवारलाई बिशेषरुमपा हर्नु पर्ने बताईन । सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश गैरेले नयाटोलमा अर्या बचतले सुरु गरको भमवन निर्माणमा ७५ हजार आफनो वडाबाट सहयोग गर्ने घोषणा गरे ।

सो अवसरमा ५ जना असल बचत कर्ता र एक जना असल रिणी तथा संचालकहरु सुरेश गुप्ता, मदन गुप्ता र कर्मचारी रामनारायाण कुर्मीलाई कदरपत्र र दोसलले सम्मानित गरिएको थियो । कार्यक्रममा सचिव कृष्ण मोहन शुक्लाले प्रगति र कोषाध्यक्ष अनिरुद्र तिवारीले आर्थिक प्रतिबेदन पेश गरको थिए ।

सो अवसमा अध्यक्ष प्रकाश घिमिरेले सहकारीको भवन निर्माण कार्य २ बर्ष भित्र संपन्न गर्ने बताए । प्रकाश घिमिरेको अध्यक्षता, कृष्णमोहन शुक्लाको संचालनमा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष रामभजन कलवार, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, उद्योग बाणज्य संघ तौलिहवाका अध्यक्ष गयादीन कुर्मी, समाजसेवी राजु प्रसाद अर्याल, भक्तिराम पन्थी, प्रबन्धक शुभम श्रेष्ठ लागायले मन्तब्य दिएका थिए ।

Facebook Comments Box