कृष्णनगर भन्सार नाका यात्रुसंग पैसा वसुलीकाे अड्डा बन्दै

सेयर गर्नुहोस

कपिलवस्तु , पाैष २६ । जिल्लाकाे कृष्णनगर भन्सार नाका भारतबाट फर्कने नेपालीसंग पैसा वसुलीकाे अड्डा बन्न थालेकाे छ ।
जिल्लाकाे कृष्णनगर नाका हुदै फर्कने नेपालीहरु पैसा नदिए भन्सार कर्मचारी र सुरक्षाकर्मीले पनि डराउने धम्काउने गरेकाे गुनासाे लगातार बढ्दै गएकाे छ ।
ओमिक्रान संक्रमण बढ्दै गएका कारण भारतमा ठुला शहरबाट निरन्तर फर्किरहेका नेपालीहरुसंग विभिन्न बहानामा पैसा वसुली भइरहेकाे तथ्य बाहिर आएकाे छ ।
नयाँदिल्ली सिए पढ्न गएका महराजगंजकाे छाेट्की बुटहनियाका आदित्य चाैधरी भन्छन – आज कृष्णनगर भन्सार नाका मै रहेकाे यात्रु बिट र सशस्त्र प्रहरी बलकाे चेकपोस्टमा पटक पटककाे चेकजाँचकै बहानामा पैसा तिर्नु परेकाे छ । हामी तीन जना विद्यार्थीहरु समुहमा आएका कारण व्याग बढी छ केही पैसा तिर्नै पर्छ नत्र भन्सार पठाइदिने धम्की भन्सारका कर्मचारीले दिएपछि कतै लागुपदार्थमा नफसाउन भनि डराएर पचास दिदा नमानेपछि सय रुपैया यात्रु शाखामा दिइयाे । अगाडि बढ्दा सटेकाे सशस्त्र प्रहरी बलकाे चेक पाेष्टका एक जना जवानले पनि चेकबिट भित्र लगि चेकजाँच गरेका थिए । हामी आफ्नाे देश मै पिडित हुनु राज्यसंयन्त्रमाथि प्रश्न चिन्ह खडा गरेकाे उनकाे भनाई छ ।
पिडित चाैधरीले घटनाबारे कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहलाई अवगत गराएका थिए । त्यसपछि सांसद शाहले भन्सार नाकामा आर्थिक लेनदेनकाे जनगुनासाे बढ्दै गएकाे सुचना सम्बन्धित माथिल्लो निकायमा पुर्याइसकेकाे बताउनुभएको छ । साथै यस्ता घटना नदाेहाेर्याउन सुरक्षा निकाय र भन्सार प्रमुखलाई समेत जानकारी गराइसकेकाे समेत सांसद शाहले बताउनुभयाे ।
कृष्णनगर भन्सारका प्रमुख जनार्दन पाैडेलले मेराे कर्मचारीले पैसा वसुली गरिने कुरा मेराे जानकारीमा आएकाे थिएन तरपनि यात्रु चेकपोस्टका कर्मचारीहरुलाई अनुसन्धानका लागि साेधपुछ गरि कार्यवाही अगाडि बढाउने बताउनुभयाे ।                                      त्यस्तै कृष्णनगर बार्डर आउटपाेष्ट आफिसका इन्चार्ज सशस्त्र प्रहरी बल निरिक्षक प्रकाश आचार्यले सत्यतथ्य पत्ता लगाइ दाेषी भए  जवानहरुलाई  कार्यवाही गरिने बताउनुभयाे ।

Facebook Comments Box