स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीलाई तीन दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

सेयर गर्नुहोस


काठमाडौं ।

राष्ट्रिय सतर्कता केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका सम्पूर्ण निकायमा कार्यरत कर्मचारीहरुको सम्पत्ति विवरण माग गरेको छ। स्वास्थ्य मन्त्रालय मातहतका विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल तथा परिषदमा कार्यरत कर्मचारीहरुको सम्पत्ति विवरण माग गरिएको हो।

केन्द्रले निजामति बाहेकका अस्थायी/स्थायी /करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुको आर्थिक वर्ष २०७७/ ७८ को सम्पत्ति विवरण माग गरेको भन्दै मन्त्रालयले बुझाउन अनुरोध गरेको हो ।

स्वास्थ्य मन्त्रालयले तीन दिनभित्र सम्पत्ति विवरण पेश गर्न विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल तथा परिषद्का कर्मचारीहरुलाई अनुरोध गरेको छ।

Facebook Comments Box