नेकपा माओवादी केन्द्र विजयनगरको प्रथम गाउँ कमिटीकाे बैठक तथा सम्मान कार्यक्रम सम्पन्न  

सेयर गर्नुहोस

कृष्ण पाैडल, विजयनगर ।
नेकपा माओवादी केन्द्र विजयनगरको प्रथम गाउँ कमिटीको बैठक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार गाउँपालिकाकाे वडा नं. ६ प्रेमनगर भटनीमा रहेकाे हरिबोध आधारभुत विद्यालयमा कार्यक्रम गरिएको माओवादी केन्द्र विजयनगर गाउँ कमिटीका अध्यक्ष तेज  प्रसाद पाैडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य रुद्रलाल बन्जाडेले सदियोँदेखि नेपालमा चल्दै आएको राजतन्त्र तथा जातीय विभेदलाई जरैदेखि उखाल्नको लागि नेकपा माओवादी केन्द्रको ठुलो संघर्ष रहेकाे बताउनुभयो । उहाँले देशमा ठुलो परिवर्तन ल्याएको छ तर बीच बीचमा केही असामाजिक तत्वहरुको करणले पार्टीले धोखा खाएको आराेपसमेत लगाउनुभयाे । तर पनि माओवादी केन्द्रले देशको हकहितको लागि काम गर्नको लागि उचित निर्णय गरी सुखी शान्ति समृद्धि नेपाल बनाउने प्रयासमा लागेको  बन्जाडले जिकिर गर्नुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र विजयनगरका इन्चार्ज अर्जुन सापकोटाले नेताहरुले कपिलवस्तुमा माओवादी केन्द्रको प्रभाव र सक्रियताले विकासमा  सकारात्मक प्रभाव पारिरहेको भन्दै पार्टीप्रति धेरैको आकर्षण बढिरहेको दाबी गर्नुभयो । जनताका समस्या समाधान गर्नका लागि माओवादी केन्द्रले स्थानीय तहदेखि केन्द्रसम्म हरेक समयमा खबरदारी गर्दै आएको इन्चार्ज सापकोटाले बताउनुभयो ।
माओवादी केन्द्र विजयनगरका गाउँ कमिटीका अध्यक्ष तेज प्रसाद पाैडेलले बैठकले माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य रुद्रलाल बन्जाडे, बिमिला चाैधरी, कमला भुषाल र अर्जुन सापकोटा लगायतलाई दाेसल्ला र फूलमाला लगाई सम्मानसमेत गरिएको बताउनुभयाे ।

कार्यक्रम ४ नं. वडा कमिटीका सचिव प्रभात न्याैपानेकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

Facebook Comments Box