काठमाडौं आइपुगिन ‘राता लम्बिया’ गीतकी भारतीय गायिका

सेयर गर्नुहोस


काठमाडौं । भारतीय गायिका असीस कौर नेपाल आएकी छन् । उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी हुन् ।

असीसले शनिबार काठमाडौंको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टमा दर्शकलाई झुमाउनेछिन् । फेलिज इन्टरनेशनल इभेन्टले यो कार्यक्रम आयोजना गर्न लागेको हो । गायिका असीसले गाएको ‘राता लम्बिया’ बोलको गीतलाई दर्शक-स्रोताले निक्कै रुचाएका छन् ।
त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै असीसले नेपाल आउन पाउँदा आफू उत्साहित भएको बताइन् । उनले पशुपतिनाथ मन्दिर पुग्ने चाहना समेत व्यक्त गरिन् । असीसले शनिबार क्लब प्लेटिनममा भेट्न आफ्ना फ्यानहरुलाई आग्रह समेत गरेकी छन् ।

Facebook Comments Box