शिवशक्ति सामुदायिक वनको साधारण सभा सम्पन्न

दिपक के.सी
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको शिवशक्ति सामुदायिक वन उपभोत्ता समितिको ११ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सामुदायिक वनले आफ्नो स्थापना देखि बन संरक्षण र वन पैदावारको उपयोगले समुदायको शैक्षिक आर्थिक अवस्थामा सुधार गर्न टेवा पुराएको वनका अध्यक्ष प्रेम बहादुर रोकाले बताउनु भयो ।
वन संरक्षण संगै वन पैदावारको सहि उपयोगले वनमा आवद्ध उपभोक्ताहरुको आयआर्जनमा समेत वृद्धि भएको कार्यक्रमका प्रमुख अतिथि वन संरक्षण र यसको सहि सदुपयोगका लागि उपभोक्ता समितिले देखाएको तत्परता र सक्रियताले वन संरक्षण भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत संजय मिश्रले बताउनु भयो ।
सामुदयिक वनले खुल्ला क्षेत्रमा वृक्षारोपण गरि हरियाली संगै पर्यावरण संरक्षणमा समेत टेवा पुराएको शिवराज नगरपालिका वडा नं. ९का अध्यक्ष चुर बहादुर खड्काले बताउनु भयो ।
सधारण सभा कार्यक्रममा सामुदायिक वनले ९ जना अपाङ्ग ९ जना जेष्ठ नागरिकहरुलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । कार्यक्रम समुदायिक वनका अध्यक्ष प्रेम बहादुर रोकाको अध्यक्षता र कोषाध्यक्ष प्रकाश रोकाको संचालनमा सम्पन्न भएको हो ।
