मलखाद्यको अभावले कपिलवस्तुका किसान चिन्तित

सेयर गर्नुहोस

 

 

बृजेश कुमार गुप्ता, कपिलवस्तु, । कपिलवस्तुको कृष्णानगरमा मलखाद्यको अभावले किसान चिन्तित भएका छन् ।

गहुं, मसुर, तोरी, चना लगायतका फसलमा किसानहरूले ठूलो लगानी गरि उब्जाएका छन् तर समयमा मलखाद्यको उपलब्धता नभएको कारणले किसानले फसलमा लगाएको लगानी समेत डुब्ने स्थिति रहेको छ ।

स्थानीय किसानहरुको भनाइअनुसार यदि हामीलाई एक दुई दिनभित्र मलखाद्य उपलब्ध भएन भने हामीले लगाएको फसल बर्बाद हुने अवस्थामा पुगी सकेको छ ।

सरकारले गाउँ–गाउँमा सिंहदरबार पठाएको थियो । जनताको समस्या बुझी जनताको हितमा काम गर्नका लागि तर कपिलवस्तुको कृष्णानगर पालिकाले (सिंहदरबार) किसानको समस्या नबुझी किसानहरुलाई बेवास्ता गरी ठेक्कापट्टामा व्यस्त देखा परिरहेका छन् ।

कृष्णानगर नगरपालिका (सिंहदरबार)ले अहिलेसम्म किसानहरुको फसल सिंचाई व्यवस्था समेत गर्न सकेको छैन ।
नगरपालिकाले लगाएको अधिकांश बोरिङ्गहरु खराब भएर जीर्ण अवस्थमा पुगेका छन् ।

किसानले प्रत्येक वर्ष जोतभोग गरेको जग्गाहरुको कर तिर्दै छ तर पनि यो नगरपालिकाले किसानहरुप्रति खासै चासो देखाएको छैन भन्ने स्थानीय किसानहरुको गुनासो रहेको छ ।

मल खाद्य अभावको कारणले किसानहरुले लगाएको फसल बर्बाद हुने बेला पनि कृष्णनगर नगरपालिका किसानहरुप्रति खासै चासो देखाएको छैन ।

Facebook Comments Box