आर्थिक विकासका लागि सहकारीको ठुलो योगदान छ :प्रदेश सभा सदस्य केसि

सीता बेल्बासे ,हिमपात साना किसान कृषि सहकारी सस्था लिमिटेडको पाचौं वार्षिक साधारणसभा विहिबार शिवराज ५ मा सम्पन्न । साधारणसभालाई सम्बोधन गदै लुम्बिनी प्रदेश शभा सदस्य अर्जुन कुमार केसिले सहकारी संस्थाले कृषिको क्षेत्रमा लगानि गर्दै आर्थिक पाटोलाई अगाडि ल्याउनु पर्ने बताउनु भयो । देशको आर्थिक विकासका लागि सहकारीले ठुलो योगदान गरेको बताउनु भयो ।
कृषि सहकारी देशको लागिनै आवश्यक रहेको हुदा कृषिको क्षेत्रमा लगानि लगाउनु पर्न बताउनु भयो । सहकारी भनेको सहकार्य मार्फत अगाडि बढ्ने थलो भएको बताउँदै छरियको पुजिलाई एकक्रित गरि बिपन्न समुदायका नागरिकको आर्थिक स्तर उकास्न सहकारी सस्थाको भुमिका महत्वपुर्ण रहेको कुरामा जोड दिनुभएको हो सासंद केसिले सुखि नेपाली र समृद्ध नेपालको लक्ष्यपुरा गर्न सहकारी सस्थाहरु गतिलो माध्यम भएको हुदा सहकारीले गरिब र बिपन्न बर्गको लागि लगानी गर्ने र जिवन स्तर उकास्नमा मदत गर्ने कुरा उल्लेख गर्नुभयो ।
प्रदेश शभा सदस्य केसिले सहकारीमा पुरुषको तुलनामा महिला सेयर सदस्यको संख्या धेरै भएको उल्लेख गर्दै यो राम्रो कुरा भएको र महिलाले आपना बालबालिका कस्तो बाटोमा हिडिरहेका छन भन्ने कुरामा ध्यान दिदै सभ्य समाज निमार्णमा लाग्न अनुरोध पनि गर्नुभयो । शिवराज नगरपालि
का उपप्रमुख शिवकुमारी थारुले उत्पादनमा आधारित रहेर सहकारीको माध्यम बाट महिलाहरु सशक्त बनाउदै सहकारीले महिला उद्दमी बन्न टेवा पुराउन सहयोग गरेको बताउदै आगमि दिनमा यस सहकारीले कृषि क्षेत्रमा मलखात लगायत अन्य कृषिको क्षेत्रमा पनि काम गदै जानु पर्न बताउदै नगरबाट हुने सेवा सुविधा गर्न पनि उपप्रमुख थारुले बताउनु भयो ।
स्थानिय तहले महिला सशक्तीकरणको पाटोलाई फोकस गरेर काम गर्न र सहकारी संग सहकार्य गर्न आवश्यक रहेको समेत बताउनु भयो । यस्तै,चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य महादेव पोखरेल ,उद्योग वाण्ज्यिसंहका केन्द्रिय सदस्य जमसेद अलिमियाँ, हिमपात साना किसान कृषि सहकारी सस्थाका सल्हाकार सयोजक विष्नु प्रसाद खतिवडा, शिवराज नगरपालिका पशुशाखा प्रमुख धनेस्वर खनाल लगायतले महिला उद्दमी उत्पादन गर्न सहकारीको महत्वपुर्ण भुमिका खेलेको बताउदै अझ सहकारीले अन्य क्षेत्रमा भन्दा कृषिमा लगानि लगाउदै आत्मनिर्भर बनाउन सकेका सहकारीको लगानि खेर नजाने कुराको जोड दिनु भयो । संस्थाका अध्यक्ष शिवराज सुबेदिले संस्थाबाट लगानि गरेका धेरै महिलाहरु उद्धमी भएको बताउनु भयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष जिवन केसीको स्वागत मन्तव्य संस्थाका सदस्य सिसिर लामिछानेको सन्चालनमा पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।
