तलव भत्ता विपन्नलाई बाड्ने वडा अध्यक्ष टेकलाल

सेयर गर्नुहोस

 

माधव बेल्वासे
कपिलवस्तु
२०७८ तिहारको टिका दिनको कुरा हो । सबै जना बिदाको समयमा घरपरिवार सँग रमाइरहेका थिए । टिकाको अघिल्लो रात शिवराज नगरपालिका वडा ३ बलुहवाकी चिन्की थारुको घरमा आगो लाग्यो । खानेकुरा सबै जले । घरको पनि अधिकांश भाग जल्यो । श्रीमान् मृत्यु पश्चात् उनलाई आर्थिक अभावले चापेको थियो । त्यसमाथि तिहारको दिन सबै घरमा खानेकुरा केही नहुँदाको पिडामा थिइन । वडा अध्यक्ष टेकलाल सापकोटाले उनलाई तिहारको दिनमा व्यक्तिगत तर्फ वाट नगद ५ हजार सहयोग गरे । त्यही रकम वाट उनको तिहार बित्यो ।
शिवराज नगरपालिका ३ सोनवर्षिका मटेलु रैदासको उपचारका क्रममा निधन भयो । दैनिकी मजदुर गरेर जिविको पार्जन गर्ने रैदास परिवारलाई काज किरिया गर्नको लागि आर्थिक अभाव हुँदा पारिवार सबै निराश थिए । श्रीमानको मृत्यु र छोरा अशक्त हुँदा बेसहारा बनेका पीडित परिवारलाई वडा अध्यक्ष सापकोटाले राहत उपलब्ध गराएका छन् । विपन्न परिवारलाई कसैको साहारा नभएपछि वडा अध्यक्षले पीडितको घरमै पुगेर नगद १० हजार एक सय सहयोग गरे । रिक्सा चलाएर जिविको पार्जन गर्दै आएका रैदास परिवारलाई वडा अध्यक्षले सहयोग गरेपछि काज किरिया सम्पन्न भयो ।
मदवा निवासी सुक बहादुर राहु मगरको निधन भयो । उनको निधन पश्चात् आर्थिक अभावले परिवार लाई काज किरियामा निकै कष्ट भयो । घरमा खान केही सामाग्री छैन । जीर्ण अवस्थाको रहेको घर कुन बेल भत्कने हो थाहा छैन । । अध्यक्ष सापकोटाले आफ्नो व्यक्तिगत तर्फ बाट नगद रु ५हजार एक सय र ५० किलो चामल सहयोग गरे । मृतक मगर कि छोरीलाई कक्षा ११÷१२ पढ्दा लाग्ने सम्पूर्ण शुल्क आफूले प्रदान गर्ने आश्वासन दिए । घरमा टिन लगाउन वडाले सहयोग गर्ने प्रतिबद्धता गरे ।
यी काम त प्रतिनिधि मात्र हुन । वडा अध्यक्षमा निर्वाचित भएपश्चात् सरकारले दिएको सेवा सुविधा सम्पूर्ण सामाजिक क्रियाकलापमा खर्च गरेका छन् । सरकारले दिएको तलबले चनई स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर सञ्चालनको लागी १५ हजार,स्र्वगद्धाराी गुरुकुल पाठशालालाई ५१ हजार,नय वस्तिमा रहेको दुर्गा भगवती माविलाई ५१ हजार,देउराली आधारभूत विद्यालयलाई २५ हजार,सुपा देउराली मन्दिरलाई ३१ हजार,निसन्तान एक दम्पतीलाई ५१ हजार सहयोग गरेका छन् । त्यस्तै आगलागी पीडित, विपन्न वर्गका विद्यार्थीहरू, गरिब, असाहयहरुलाई न्यानो कपडा, लामो समयसम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्युसँग लडिरहेका असहाय बिरामीसँगै धार्मिक, शैक्षिक, र पर्यटकीय क्षेत्रमा खर्च गरेका छन् । सापकोटाले वार्षिक रुपमा व्यक्तिगत तीन लाख बरावर रकम सामाजिक रुपमा खर्च गर्ने गरेका छन् ।

मुसुक्क मुस्कुराएको हासो,हसिलो अनि जोसिलो पनि ,सर्ट पाईन्ट र मोद कोटको पहिरनमा रहेर सेवाग्राहीको कागजमा हस्ताक्षर गर्दै गरेको अवस्थामा भेटिए । सामान्य परिवारका उनी अहिले नागरिकहरूको सेवामा तल्लीन छन् । २०७४ भन्दा अगाडी आफ्नो व्यापार व्यवसायमा रहेका उनी भारी मत सहित वडा अध्यक्षमा निर्वाचित भए ।
सुरुवाती दिनमा नागरिकहरूलाई वडा अध्यक्षले कस्तो काम गर्ला ? गाउँमा सडक बन्ला कि नबन्ला ? शिक्षामा सुधार आउला कि नाइँ ? किसानहरू सधैँ पछाडि नै पर्ने होलान् कि ? यस्ता यावत प्रश्नहरू नागरिकहरूमा थिए ।
यता वडा अध्यक्षलाई जनप्रतिनिधि भएपछि कसरी काम गर्ने होला ? नागरिकहरू सँग गरेका बाँचा कसरी पुरा होलान् ? अन्य दलका साथिहरले सहयोग गर्लान् कि नगर्लान् ? यस्ता अनकौ प्रश्नहरू मनमा घेरिएका थिए ।
आज यिनै प्रश्नहरूको सजिलो सँग जवाफ दिन सक्ने भएका छन् वडा अध्यक्ष टेकलाल सापकोटा । कपिलवस्तुको खरेन्द्रपुर निवासी सापकोटा वडा न.३ को अध्यक्षमा निर्वाचित भएपश्चात् आफ्नो व्यापार व्यवसाय छोडी जनप्रतिनिधिको रूपमा काम गरिरहेका छन् ।
नेकपा एमाले वाट वडा अध्यक्षमा निर्वाचित उनी अहिले नगरकै उत्कृष्ट वडाको रूपमा काम गरिरहेका छन् । वडाको सडक,कृषि,शिक्षा विकासमा कटिबद्ध रहेका उनी आगामी निर्वाचनको विषयमा केही बोलेका छैनन् । छोटो समयमा राजनीति पहुँच बनाएका सापकोटाका सर्मथकहरुले पुनः वडा अध्यक्ष उनी नै हुनुपर्ने माग राख्न थालेका छन् । जनताको सेवाका गर्ने अवसर पाएको छु । आफूले सक्दो दुखी गरिबलाई सहयोग गर्ने गरेको छ । सापकोटा भन्छन् । निर्वाचन आउँदा पार्टीले मुल्याङक गर्ला ।
शिवराज नगरपालिका भित्र रहेका ११ वटा वडा अध्यक्ष मध्ये तलब सामाजिक क्षेत्रमा खर्च गर्ने सापकोटा मात्र वडा अध्यक्ष हुन । गत निर्वाचन ताका अध्यक्षले आफूले पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए ।

Facebook Comments Box