रेल चलाउने मिति प्रधानमन्त्रीको भारत भ्रमणपछि टुंगो लाग्ने
१९ पुस, काठमाडौं । जनकपुर–जयनगर रेल सञ्चालनको मिति प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि तय गरिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यो विषय टुंग्याउने तयारी गरिएको छ । यद्यपि प्रधानमन्त्रीको भारत भ्रमणका मिति तय भइसकेको छैन ।
दुबै मुलुकको सहमतिमा उद्घाटनको मिति तय गरिने र कम्तीमा दिनको एक पटक रेल चलाउने गरी तयारी भइरहेको उनले जानकारी दिइन्।
सोमबार प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा उनले रेल पूर्वाधार विस्तारका लागि विभिन्न खण्डमा प्रक्रिया अगाडि बढाइएको समेत उनले बताइन् ।
गत साउनमै रेल्वेको ट्रयाकको गति परीक्षण गरिए पनि व्यवसायिक रुपमा सञ्चालनमा आउन सकेको छैन ।
Facebook Comments Box
