कपिलवस्तुमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

सेयर गर्नुहोस

 

 

कपिलवस्तु : कपिलवस्तुमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । जिल्लाको महाराजगंज नगरपालिका–३ करहवा निवासी सिन्धु यादब झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

२८ वर्षीया यादब आफ्नै कोठामा झुन्डिएको अवस्थामा देखेपछि परिवारका अन्य सदस्यले तल झोरेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भैईरहेको प्रहरीले जनाएको छ । शव पोष्मार्टमको क्रममा रहेको र रिपोर्ट आईसकेपछि घटनाबारे थप खुल्ने प्रहरीको भनाई छ ।

Facebook Comments Box