प्रहरी चौकी ठाकुरापुरद्वारा मानव बेचविखन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

शिव कुमार बेल्बासे, कपिलवस्तु ।
हर प्रहरी गाउँ र नगरी ,टोल टोलमा नेपाल प्रहरी भन्ने अभियानका साथ सुरु गरिएको समुदाय प्रहरी साझेदारी अन्तर्गत अाज कपिलवस्तुको विजयनग गाउँपालिकाको प्रहरी चौकी ठाकुरापुरको अायोजनामा डालपुर नयाँ बस्तीमा मानव बेचविखन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
स्थानीय बासिन्दा र शिव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा
प्रशिक्षण दिदै प्रहरी चौकी ठाकुरापुरका प्रहरी सहायक निरीक्षक हेम बहादुर जिसी ले समाजमा विभिन्न बहानामा फकाईफुलाई मानव बेचविखन हुनसक्ने भएकोले सबै जना सजक र जिम्मेवार हुनपर्ने बताउनुभयो ।
नागरिक हो त्यसैले समाजमा जनचेतना फैलाउन विद्यार्थीको पनि प्रमुख भूमिका हुने बताउनुभयो ।उहाँले समाजमा शंकास्पद घटना घट्न लागेमा नजिकैको प्रहरी कार्यालयमा सूचना दिन अाग्रह गर्नुभयो ।
कार्यक्रममा प्रहरी जवान जीवन जि.सी.,स्थानीय बासिन्दा लगायत विद्याालयका शिक्षकहरुको सहभागीता रहेको थियोे ।
