अटो रिक्सा दुर्घटना हुँदा चालकको ज्यान गयाे

सेयर गर्नुहोस

 

रोल्पा – राेल्पा आज आइतवार दिउँसाे अटो रिक्सा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । रोल्पा नगरपालिका–९ ह्वामाबाट लिबाङ आउँदै गरेको रा १ ह ३०५१ नम्बरको अटो दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका ९ सखीका ३४ वर्षीय खुम रोकाको ज्यान गएकाे प्रहरीले जनाएको छ ।

सदरमुकाम लिबाङबाट यात्रु लगेर फर्कने क्रममा अटाे रिक्सा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष केसीले बताउनुभयो ।

विदेशबाट फर्केर केही दिनदेखि मात्रै अटो चलाउन थालेका रोकाले कच्ची सडकमा पहिलो पटक चलाएको बताइएको छ ।

Facebook Comments Box