कपिलवस्तुमा गेटले च्यापेर गेटपालेको घटनास्थलमै मृत्यु

सेयर गर्नुहोस

 

 

कपिलवस्तु–कपिलवस्तुको बाणगंगामा गेटले च्यापेर एक जनाको मृत्यु भएको छ । बाणगंगा – २ मा रहेको श्रृङ्गगीघाट सिचांई जल उपभोक्ता समितिको बाध सुरक्षाको लागि बनाईएको गेटले च्यापेर गेटपालेको मृत्यु भएको हो । ५९ बर्षका खिम बहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रृङ्गगीघाट सिचांई जल उपभोक्ता समितिको गेट सुरक्षित नहुदाँ थापाको मृत्यु भएको प्रहरीको अनुमान छ ।

थापा विगत १२ बर्ष देखि त्यहाँ कार्यरत रहेका थिए । थापाको मृत्युले कार्यसमिति स्तब्ध भएको छ । मृतक थापाको परिवारलाई उपभोक्ता समितिले सक्दो सहयोग गर्ने जनाएको छ ।

Facebook Comments Box