फोनिज कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन सम्पन्न ः नेतृत्वमा श्रेष्ठ

कपिलवस्तु– जनजाति पत्रकार महासंघ (फोनिज) कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । तौलिहवामा शनिबार सम्पन्न अधिवेशनले शैलेन्द्र श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा अनिल थारु चयन भएका छन् भने सचिवमा सिर्जना थारु रहेकी छन् । त्यसैगरी सह सहसचिवमा रचना खासु मगर चयन भएकी छन् भने कोषाध्यक्षमा सुर्य गरुङ सर्वसहमत भएको फोनिजले जनाएको छ ।
फोनिज लुम्बिनी प्रदेशका अध्यक्ष मिलन गाहाले जातीय पहिचान र संविधान कार्यान्वयनका लागि पूर्ण समावेशी सञ्चारमा फोनिजले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । आफ्नो जातीय माग मुद्दा सम्बोधन गर्न आदिवासी जनजाति पत्रकारहरु एकजुट हुना जरुरी रहेको उनले बताए । फोनिजमा आबद्ध भएका सञ्चारकर्मीहरुलाई खोजमूलक पत्रकारितामा अग्रसर हुने आग्रह गर्दै नव निर्वाचित पदाधिकारीलाई अध्यक्ष गाहाले बढाई तथा सफलताको शुभकामना व्यक्त गरे ।
यसैबीच नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले कार्यक्रमलाई सम्बोधन गर्दै अन्याय तथा ओझेलमा परेका पिडितहरुको आवाज उठान गर्नुपर्नेमा जोड् दिए । पत्रकारले विचलित नभई पेशागत भूमिका निर्वाह गर्नुपर्ने बताउँदै फोनिजलाई महासंघ र व्यक्तिगतरुपमा पूर्ण साथ सहयोग गर्ने प्रतिबद्धता समेत बज्राचार्यले व्यक्त गरे ।
उक्त कार्यक्रममा केन्द्रीय लेखा समिति सदस्य सुन्दर तरामु मगर, फोनिजका केन्द्रीय पार्षद सदस्य कमल चौधरी, वरिष्ठ पत्रकार सिताराम चौधरी र उमाशंकर थारु लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
