महाराजगन्जका ४ सय ५० ज्येष्ठ नागरिकलाई न्यानो कम्बल

सेयर गर्नुहोस

 

 

कपिलवस्तु,
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं २ कार्यालयको आयोजनामा ४ सय ५० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा राष्ट्रिया सभासदस्य दृगनारायण पाण्डे, पुर्व राज्यमन्त्री सुरेन्द्रराज आचार्य,नगरप्रमुख अब्दुल कलाम, उपप्रमुख शुभावती कुर्मी,पुर्व एस.एस.पि बिक्रम सिंह थापा,जिल्ला समन्वय समिती सदस्य तेज बहादुर रायमाझी, वडा अध्यक्ष वडा न १ शिवप्रसाद बनिया,वडा अध्यक्ष वडा न ३ नैनदास मुराउ,वडा अध्यक्ष वडा न ९ योगेन्द्र कुमार के.सि ,वडा अध्यक्ष वडा न ९ उदयराज कुर्मी लगायतको सहभागिता रहेको थियो ।

वडा कार्यालयको आयोजनामा ७० बर्ष माथि,जेष्ठ नागरिक दलित,बिधवा महिला,एकल महिला गरि ४ सय ५० जेष्ठ नागरिकहरुलाई सम्मान स्वारुप कम्मल बितरण गरि सम्मानित गरिएको वडा अध्यक्ष मोहम्मद हुसेन धुनियाले जानकारी दिनु भयो ।

तराईमा बढदै गएको शितलहर बाट बाट बच्नाको कम्मल बितरण गरिएको वडा अध्यक्ष मोहम्मद हुसेन धुनियाले बताउनु भयो ।
वडा कार्यालयको वडा अध्यक्ष मोहम्मद हुसेन धुनियाको अध्यक्षतामा संचालन गरिएको जेष्ठनागरिक सम्मान कार्यक्रममा वडाको गैडाहवा ,उनवलिया र बरगदा गरि आज २५० जना जेष्ठनागरिकहरुलाई कम्मल बितरण गरिएको तथा २०० जनालाई भोलि बितरण गरिने वडा अध्यक्ष धुनियाले जानकारी दिनु भयो ।

Facebook Comments Box