जिल्ला भर सर्वसम्मत रुपमा एमालेको ६०० प्रतिनिधि छनौट

सेयर गर्नुहोस

 

कपिलवस्तु ।आउदो पुस २३मा हुने नेकपा एमालेको नवौं जिल्ला अधिबेशनका लागि शनिवार जिल्लाभर प्रतिनिधि सर्वसम्मत रुपमा करिव ६०० प्रतिनिधी चयन भएका छन । जिल्लाका वाणगंगा , वुद्धभुमि , शिवराज , महाराजगञ्ज , कृष्णननगर , कपिलवस्तु नगरपालिका , विजयनगर गाउँपालिका , शुद्धोधन , मायादेवी , यशोधरा गाउँपालिकाका सबै वडाहरुमा सबै समुदायबाट प्रतिनिधित्व हुने गरि प्रतिनिधि चयन भएको पाटीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज वलराम अधिकारीले बताउनु भयो ।

 

सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएको छ , यसले पाटीलाई उचो राख्नुका साथै कार्यकर्तामा उत्साह जगाएको छ नेता अधिकारीले भन्नु भयो । नवौं जिल्ला अधिवेशनले नयाँ सन्देश दिने पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो । नवौं अधिवेशनको नेतृत्व सबैलाई मिलाएर सर्वसम्मत रुपमा निर्वाचित गरिने अध्यक्ष पोख्रेलले बताउनु भयो । अधिबेशनका लागि करिब ६ सय प्रतिनिधि छनौट भएका छन ।

Facebook Comments Box