आगामी निर्वाचनमा १ करोड मत खस्यो भने ७० लाख एमालेलाई आउछ ः दुर्गा प्रसाई

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने र बहुमत हाँसिल गरेर सत्तारोहण गर्ने दावी गरेका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले जनताले अब देशको लागि चाहिने पार्टी नै एमाले हो भनेर थाहा पाईसकेको भन्दै आगामी निर्वाचनमा बहुमति ल्याउने दावी गरेका हुन् ।
आगामी निर्वाचनमा जम्मा एक करोड मत खस्यो भने ७० लाख मत त एमालेलाई मात्रै आउने उनको भनाई छ । उनले आफ्नो पार्टीले देशको विकास र समृद्धिको लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको पनि बताए ।उनले राज्यले लिने नीतिको कारण देशमा भएका धेरै उद्योग÷व्यवसाय हुने अवस्था आउने पनि चिन्ता व्यक्त गरे । एमाले र माओवादी केन्द्र अलग–अलग भैसकेकोले फेरि मिल्ने सम्भावना नरहेको उनले बताए ।
Facebook Comments Box
