खानेपानी प्रति कपिलवस्तुका पालिकाको बेवास्था

सेयर गर्नुहोस

 

 

 

सुशील गैरे, कपिलवस्तु ।

लुम्बिनी प्रदेश सरकारका पर्यटन तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले कपिलवस्तुका पालिकाहरुले खानेपानीको विषयलाई खासै चासो नदिएको बताएकी छिन। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल कपिलवस्तु शाखाको आयोजनामा खानेपानी शुद्धिकरण तथा ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जिल्लाका ७ पालिकाहरुका प्रतिनिधिहरुको सहभागिता नरहेको विषयलाई ईकिंत गर्दै राज्यमन्त्री नेपालले यस्तो बताईकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी राज्यमन्त्री नेपालले जिल्ला स्थानीय पालिकाहरुले खानेपानीको विषयलाई यसरी व्यवास्था गर्नु दुखको कुरा रहेको बताइन। कार्यक्रममा बोल्दै उनलें पानी एक रंग बिहिन, स्वाद बिहिन वा गन्धविहिन तरल पदार्थ रहेकाले यसको शुद्धिकरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन ।

बढ्दो शहरीकरण, वितरण क्षेत्रको फैलावट, बस्ती विकासको बदलिदो स्वरुप, जनसंख्याको तिब्र वृद्धिले गर्दा सुरक्षित खानेपानी तथा सरसफाईको चुनौती थपिदै गएको बताइन । खानेपानीलाई हरेक सर्वसाधारणको घरघरमा पुर्याउन प्रदेश सरकार लागिपरेकाले पालिकालाई यस तर्फ ध्यान दिन उनले निर्देशन समेत दिएकि छन ।

दुर्गम स्थानमा खानेपानीलाई विस्तार गर्न सबैले आ आफ्नो स्थानबाट लाग्नुपर्ने बताईन् । पालिकाका जनप्रतिनिधिको माग अनुसार मन्त्रालयले बजेट विनियोजन गर्दै आएको बताईन् । खानेपानीलाई शुद्धिकरण गर्नका लागि र जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने जुनसुकै संघ संस्थालाई मन्त्रालयले बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरिन् ।

राज्यमन्त्री नेपालले एक घर एक धाराको अवधारणा पुरा गर्नका लागि सबैले सहयोग गर्न आग्रह गरिन् । कपिलवस्तुमा शुद्ध खानेपानी नभएकाले हैजा आउनु दुःखद रहेको बताउँदै खानेपानी उपभोक्ता महासंघले गरेको कार्यक्रम उल्लेखनीय रहेको बताइन । मंत्री नेपालले खानेपानीबाट लाग्ने रोगबाट बच्न र खानेपानीलाई शुद्धिकरण गर्न सम्पुर्ण उपभोक्ता सचेत हुन आवश्यक रहेको बताइन ।

लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले एक घर एक धाराको संकल्प प्रदेश सरकारले सुरु गरेको बताएका छन् । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका सांसद पन्थीले पालिकाहरुले खानेपानीमा विस्तारै बजेट विनियोजन गर्न लागेको बताए । उनले तराईको सीमा क्षेत्रका नागरिकको चेतनामा कमी भएकाले ओभरहेड ट्याकीं खानेपानीको पहुँच सम्म लैजानुपर्ने बताए ।

खानेपानी आयोजना निर्माणको काम गर्दा एकीकृत योजना बनाएर दिर्घकालीन रुपमा अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिए । धेरै रकम खर्चेर निर्माण गरेका खानेपानीका आयोजना अन्य भौतिक विकास निर्माणका कामले क्षेती गर्ने हुनाले यस तर्फ प्रदेश सरकार पालिकाहरुको ध्यान पुग्नुपर्ने बताए ।

Facebook Comments Box