कपिलवस्तुमा सिके राउतका कार्यकर्ता आन्दोलित , किसानका माग पुरा गर्न दबाब

सेयर गर्नुहोस

 

कपिलवस्तु –सिके राउत नेतृत्वको जनमत पार्टी कपिलवस्तु किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ ।जनमत पार्टीका कार्यकर्ताले कपिलवस्तुमा आज विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन ।

कपिलवस्तुका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताले पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिन लगायतका माग गर्दै आन्दोलनमा उत्रिएको हो ।

पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो । जनमतले आज कपिलवस्तुमा चक्काजामको घोषणा गरेको छ ।

Facebook Comments Box