वाल श्रमका कुरा उठाउने ब्यक्तिहरुबाटै वाल श्रम हन्छःउप प्रमुख थारु

सेयर गर्नुहोस

 

कपिलवस्तु–कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तगर्त वालश्रम मुक्त पालिका घोषणा अभियानका लागि सरोकारवालाहरुसंगको संमन्वय तथा कार्ययोजना निर्माणको लागि कार्यक्रम सम्पन्न भएको छ ।

समृद्ध नेपाल र उज्जवल भविष्यका लागि बालश्रम मुक्त स्थानीय तह कसरी गर्ने भन्ने उदेश्यले शिवराज नगरपालिकाको सहकार्य र युनिसेफ तथा सिद्धार्थ सामाजिक विकास संस्थाको सहयोगमा वालश्रम मुक्त पालिका घोषणा गर्नको लागि सरोकारवालाहरू सँग अन्तकृया गरिएको संस्थाका सामाजिक परिचालक निशा विकले बताउनुभयो ।
छलफलमा शिवराज नगरपालिका नगर उप प्रमुख शिवकुमारी थारुले बालबालिकाका क्षेत्रमा काम गर्ने दर्जनौं सरकारी तथा गैरसरकारी संस्थाहरूले बाल श्रम न्यूनीकरणका लागि विनियोजन गरेको लगानी बालुवामा पानी हालेसरह भएको बताउनु भएको थयो ।

 

उहाँले वाल श्रमका कुरा उठाउने ब्यक्तिहरुबाटै वाल श्रम हुने गरेको बताउनु भयो । वाल श्रम मुक्त पालिका घोषणा म गर्दिन हुन पनि दिन्न भनेर प्रतिबद्दता गर्नु आवश्यक रहेको बताउनु भयो । सरकाको दिगो विकाशको लक्ष्य पुरा गर्न पनि शिवराजलाई जति सक्दो छिटो वालश्रम मुक्त पालिका घोषणा गर्नु पर्ने बताउनु भयो ।
छलफलमा सहभागीहरू सम्पुर्ण वडाहरुको प्रतिनिधित्व गर्दै बोल्नु भएका वडा न १ का वडा अध्यक्षले शिवराजलाई वाल श्रम मुक्त पालिका घोषणा गर्न बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले आफ्नो प्रतिवेदनमा घटेको देखाए पनि वावालिका विविध कारणले बाल श्रम गर्न बाध्य भएको बताउनु भयो ।
उहाँले बालबालिकाको हक हितमा काम गर्ने संस्था धेरै भएकाले जिम्मेवारी लिएर अगाडि बढ्न सके छिटै वाल श्रम मुक्त पालिका घोषणा गर्न सकिने बताउनु भयो ।

 

त्यस्तै शवराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले दिगो विकासका सुचकहरु पार गर्दै गए पछि वाल श्रमको समस्या समाधान हुने बताउनु भयो ।’ उहाँले भन्नु भयो भयो ‘ वाल श्रम गोष्ठी र सेमिनारले समस्याको समधान हुँदैन आर्थिक उपार्जनका स्रोतहरु पत्ता लगाउनु पर्ने बताउनु भयो ।


कार्यक्रमा बोल्दै होटल व्यवसायि संघ कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष लोखनाथ घर्तिले गरीव बालवालिकाको गास,वास कपासको ग्यारेन्टी नहुँदा सम्म बाल श्रम मुक्त पालिका घोषण गर्न कठिनाई हुने बताउनुभयो । कार्यक्रमा सहभागिहरुले संविधानको नितिलाई टेकेर बाल श्रम मुक्त गर्न अगाडि बढ्ने बताएका थिए ।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास संस्थाका सहजकर्ता दुर्गा अर्याले बाल श्रम मुक्त गर्नको लागि कार्ययोजना , पालिकाले पुरा गर्नु पर्ने सचक लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा शिवराज नगरपाकिाका वडा अध्यक्षहरु, वडा प्रहरीका प्रतिनिधि ,शिवराज नगरपालिकाका विभिन्न शाखाका प्रतिनि विभिन्न संघ सस्थाका प्रतिविधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रमा शिवराज नगरपालिका सामाजिक सुरक्षा शखाका प्रमुख विपिन खनालको संचालनमा सम्पन्न भएको हो ।

पछिल्लो समय बाल श्रम दिन प्रतिदिन वृद्धि हुदै गएको छ । सामाजिक, आर्थिक, पारिवारिकलगायत विभिन्न कारणले समस्यामा परेका बालबालिका दैनिक गुजारा चलाउन होटेल रेस्टुरेन्ट, यातायात, कलकारखानाहरूमा बाल श्रमिकका रूपमा काम गदै आएका छन् ।

Facebook Comments Box