महाकाल समाजिक संस्थाकाे विज्ञप्ति जारी , धम्की दिने कुनैपदमा नरहेकाे स्पष्टाेक्ति

सेयर गर्नुहोस


कपिलवस्तु , मंशीर ८ । जसपा नेता राम निवास पुरिलाई फाेनमा गाली र धम्की गरेका गाेपाल शुक्ला महाकाल समाजिक संस्थाकाे कुनै पदमा नरहेकाे भन्दै विज्ञाप्ति जारी गरिएकाे छ ।
केहीदिन पहिला गाेपाल शुक्लाले जनता समाजवादी पार्टी नेपालकन जिल्ला उपाध्यक्ष राम निवास पुरिलाई आफू महाकाल समाजिक संस्थाकाे अध्यक्ष रहेकाे भनी जनकपुरकाे घटनालाई लिएर गाली गालाैज र धम्की समेत दिएकाे तथ्य नेता पुरिले फेसबुकमा सम्प्रेषण गरेका थिए ।
त्यसपछि महाकाल समाजिक संस्थाले गाेपाल शुक्ला पहिला रुद्रपर गाउँका अध्यक्षमा चयनित भएका थिए तर असमाजिक क्रियाकलापमा संलग्न भएकाे जानकारी भएलगत्तै संस्थाले साउन १० गते नै पदमुक्त गरेकाे विज्ञप्ति जारी गर्दै संस्थालाई निज शुक्लाकाे नामसंग जाेडेर बदनाम नगराउन आग्रह गर्दै विज्ञाप्ति जारी गरेकाे हाे । संस्थाले समाजिक र धार्मिक कामलाई निरन्तर गर्दै आएकाे सर्वविद्धतै रहेकाे विज्ञप्तिमा उल्लेख छ ।                                                   केही दिन पहिला नेता पुरिले इलाका प्रहरी कार्यालय  गणेशपुरमा  मा गाेपाल शुक्लाका नाउंमा उजुरि समेत गरेका थिए ।

Facebook Comments Box