कांग्रेसको १४ औँ संघीय महाअधिवेशन प्रतिनिधिमा रविन्द्र नाथ ठाकुर निर्विरोध निर्वाचित

सेयर गर्नुहोस

इमरान खान कपिलवस्तु ७ मंसिर : नेपाली कांग्रेसको १४ औँ संघीय महाधिवेशनमा कपिलवस्तु क्षेत्र नं.२ बाट साझा प्रयास अभियान का संयोजक एवं समाजसेवी रविन्द्र नाथ ठाकुर (समावेशी तर्फ) निर्विरोध निर्वाचित भएका छन ।                                           कपिलवस्तुको क्षेत्र नं. २ बाट नेता ठाकुर महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले बताएको छ । समाजसेवीहरुलाई पार्टी नेतृत्वमा जानका लागि अप्रत्यक्ष रुपमा कार्यकर्ताको साथ र समर्थन देखिएको छ । ठाकुर साझा प्रयास अभियान कपिलवस्तुका संयोजक पनि हुन । साथै नव निर्वाचित ठाकुरद्वारा सम्पुर्ण नेपाली कांग्रेस कार्यकर्ताहरुलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आउने मंसिर १० गते कपिलवस्तुको जिल्ला पार्टी अधिवेशनमा युवा, जुझारु एवं पार्टी प्रति लगनशील संघर्षशीलहरु लाई सर्बसम्मत गराउन अनुरोध समेत गरेका छन।

Facebook Comments Box