हिन्दुबादी संगठनहरु आन्दोलित , प्रदेश २ सरकार बिरुद्ध बिरोध प्रर्दशन
कमलेश चन्द्र गुप्ता
कपिलबस्तु। जिल्लाकाे कृष्णनगरमा विभिन्न हिन्दुबादी संगठनहरु द्वारा प्रदेश २ सरकार बिरुद्ध रैली सहित बिरोध प्रर्दशन गरेका छन।
जनकपुरधामको देवपुरा रुपैठामा छठ पर्वमा भएको हिन्दु–मुस्लिमबीचको विवादलाई लिएर कृष्णनगरमा वृहत बिरोध प्रदर्शन गरिएको छ ।
छठ पर्वको दिन विभिन्न धनुषा, बारासहित विभिन्न स्थानमा हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् ।
जय महाकाल सामाजिक संस्था, हिन्दु युवा शक्ति कपिल, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले कृष्णनगरको भंसारबाट विरोध रैली निकालेका हुन् ।
रैलीमा सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग र मुस्लिम आयाेग खारेज लगायत माग गर्दै प्रदेश २ सरकारविरुद्ध नारावाजी समेत गरेका थिए । कृष्णनगर भंसार हुदै कृष्णनगर बाजार परिक्रमा
गरी गोलघरमा आई कोणसभामा परिणत भएको हिन्दु युवा शक्ति कपिलबस्तु अध्यक्ष मोतीलाल मिश्रले जानकारी दिए ।
विरोध सभामा हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष ओमकार पाण्डे, महाकाल सामाजिक संस्था का धर्मराज विश्वकर्मा सहित विभिन्न हिन्दुवादी संगठनका प्रमुख एवम् पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

