हैजा महामारी नियन्त्रणका लागि अतिआवश्यक सामग्री अस्पताललाई सहयाेग

सेयर गर्नुहोस


कपिलवस्तु ‌।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखाला संक्रमणकाे विषम परिस्थितिमा ओैषधि लगायत अतिआवश्यक सामग्री कमी नहुन दिन संघसंस्था र व्यक्तिगत सहयाेगी बढ्दै गएका छन ।

उपचाररत बिरामीहरुको लागि स्थानीय संघसंस्था र सर्वसाधारणले सक्दाे सहयाेग पुर्याउदै आएका छन । नेपाली सेना , कालिका समाजिक बिकास केन्द्र , महाकाल समाजिक संस्था , रमाकान्त चाैधरी , भरत किशाेर चाैधरी, शिवप्रसाद जैसवाल, कुनाल प्रताप शाह , बरुण सिंह,माेहम्मद बकस ,एहसान खान लगायतकाले सहयाेग गरेका छन ।
दाताहरुले आरएल फ्लुइड,सिरिन्ज, ,जीवन जल, पानी, पेय पदार्थ लगायतका सामाग्री हस्तान्तरण गरेकाे अस्पतालले जनाएकाे छ ।

आइतबारदेखि फैलिएको महामारीबाट दुई जनाको मृत्यु भएको छ , भने करिब तीन सय भन्दा बढी बिरामी छन् । झाडापखालाको महामारीबाट बाच्न नेपाल प्रहरीले सचेतना मुलक माइकिङ गरिरहेको छ।
प्राप्त जानकारी अनुसार ३५ जना बिरामीलाई अन्य अस्पतालहरूमा रेफर गरिएको छ ‌। सयको हाराहारीमा निको भइ घर फर्कि सकेका छन। शिवराज अस्पतालका मे. सु. मुकेश चौधरीले अस्पतालमा भर्ना रहेका एक सय ८४ जना बिरामीको उपचार जारी रहेको बताएका छन् ।

Facebook Comments Box