बहादुरगंजमा हैजाकाे प्रकाेप बढ्याे, दुईकाे मृत्यु

सेयर गर्नुहोस


कृष्णनगर , असाेज १९ । कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा साेमबारराति देखि हैजा राेग फैलिएर दुई जनाकाे मृत्यु भएकाे छ ।

कृष्णनगर नगरपालिकाकाे बहादुरगंज र आसपासका देवानगढिया, जमुनी, सुखरामपुर , दयानगर , बभनपुरवा, जुमिला, विजयनगर लगायतका गाउँहरुमा रातिदेखि नै हैजा विरामी बढेकाले शिवराज अस्पतालमा बिरामीको चाप बढेको छ । मृतक दुई जनाले शुरुआतमा निजि क्लिनिकमा उपचार गरेपछि स्तिथि विग्रिदै गएपछि एक जना ६ बर्षका बच्चा अस्पताल पुगेपछि बितेका छन भने अर्का एकजना निजि क्लिनिकबाट ओैषधि गराउंदै गर्दा मृत्यु भएकाे स्राेतले जनाएकाे छ ।
खराब पानी र सरसफाइकाे कमी अथवा साेमबार बजारका दिनमा विग्रेका माछाहरु खाएपछि बिरामी भएका अधिकांशकाे भनाई रहेकाे शिवराज अस्पतालका मेसु. मुकेश चाैधरीले बताउनुभयाे । सिमित जनशक्ति का कारण चाैबिसै घण्टा हामी खटेर उपचार दिदैछाैं र अस्पतालमा बिरामी संख्या घट्दै गएकाले स्थिति केही सामान्य हुदै गएकाे मेसु चाैधरीले जानकारी दिए ।
आज बिहानै स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुबाट सहयोग मगाइएकाे नगरप्रमुख रजत प्रताप शाहले बताएका छन ।
पन्द्रह बेड मात्रकाे शिवराज अस्पतालमा अहिले ग्यालरी , बाहिर टेलब जमिनमा समेत उपचार गर्नुपरेकाे अवस्था छ ।

Facebook Comments Box