एसपि यादव नवलपरासी मा अाउदा तस्करहरुकाे भागाभाग

नन्दु यादव असाेज १७ पश्चिम नवलपरासी ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी मा केही दिन अगाडि सुरुवा भई अाउनु भएका एसपि मनाेज कुमार यादव जिल्लाकाे प्रमुखकाे रुपमा कमान्ड समालेपछि जिल्लाका तस्करहरुकाे भागाभाग मच्चेकाे छ ।जिल्ला काे सिमा नाकाबट भईरहेकाे अबैध चाेरि तस्करी नियन्त्रणमा सक्रियता देखायपछि अहिले तस्करहरु ले तस्करी गर्न पाएका छैनन ।अामनागरिक हरुलाई शान्ति सुरक्षा दिने र सिमा नाकाबाट हुने चाेरि पैठारी लाई नियन्त्रण गर्ने मेराे मुख्य लक्ष्य रहेकाे वहाले बताउनु भयाे ।नवलपरासी तस्करहरुकाे अखडा बन्दै गईरहदा तेसलाई नियन्त्रण गर्न प्रहरी प्रमुख लागि परेका छन ।वहाँ अाएकाे करिब ३महिनामा लगभग ३कराेड राजस्व दाखिला भईसकेकाे छ ।अाफु सक्रिय का साथ अाफ्ना मातहतका सबै प्रहरी युनिटलाई तसकरी राेक्न कडा रुपमा निर्देशन दिदै अाएका छन ।यसै गरि अाज पनि ८लाख २०हजार बरावर काे ईलेक्ट्रानिक ,अाैषधि ,कपडा ,खाद्यान्न बस्तु लगायतकाे सामाान विभिन्न स्थानबाट नियन्त्रणमा लिई अावश्यक कार्वाहिका लाागि महेशपुर भन्सार कार्यालय पठाईएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का सुचना अधिकारी राजु लामा ले जानकारी दिनु भयाे ।
