भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने अधिकारी काठमाडौंमा

काठमाडौं । भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने एक जना उच्च अधिकारी मंगलबार काठमाडौं आएका छन् ।
भारतीय दूतावास स्रोतका अनुसार विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने विदेश सहसचिव स्तरका अनुराग श्रीवास्तव काठमाडौं आएका हुन् ।
उनी संयुक्त परियोजना अनुगमन समितिको बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।
Facebook Comments Box
