कपिलवस्तु ३ (क) क्षेत्रिय सभापतिमा चाैधरीकाे दाबी

सेयर गर्नुहोस

कपिलवस्तु , असाेज ९ । नेपाली कांग्रेसकाे अधिबेसनमा कपिलवस्तु प्रदेश सभा निर्वाचन क्षेत्र ३ (क) बाट क्षेत्रिय सभापतिमा चाैधरीले दाबी गरेका छन ।
बि.स २०४७ साल देखि नै कांग्रेस पार्टीमा आवद्ध रहि विभिन्न आन्दोलन र संघर्षमा हिस्सेदार रहेका जयन्ती प्रसाद चाैधरीले नेपाली कांग्रेस पार्टीको क्षेत्रीय अधिवेशनमा कपिलवस्तु क्षेत्र ३(क) काे सभापतिमा दाबेदारि गर्दै आएका छन ।
प्रदेश सभा ३(क) का सम्पुर्ण वडाबाट निर्वाचित क्षेत्रिय प्रतिनिधिहरुलाई आफू कुनै प्रकारकाे जातिय र सामुदायिक भेदभाव बिना हालसम्म पार्टीमा निष्पक्ष भई सेवा गर्दै आएकाे म नै सभापतिलाई याेग्य उम्मेदवार रहेकाे प्रचार प्रसार गर्दै आएका छन ।
महाराजगन्ज नगरपालिका काे वडा ५ दुदुरा गाउँ घर भई नेपाली कांग्रेसकाे सक्रिय राजनिति ३० बर्षदेखि लागेका चाैधरी हालसम्म पदीयलाभका लागि पार्टीलाई असर गर्ने कुनै कार्य नगरेकाे बताउँछन् ।
मधेशी समुदायबाट पनि क्षेत्रिय सभापतिमा प्रतिनिधित्व हुनुपर्नेमा जाेड दिदै उनी विगतका दिनमा नेपाली कांग्रेस पार्टीका लागि हुनुपर्ने जनस्तरबाट सहयाेग गर्ने प्रतिबद्ध रहेकाे समेत गरेका छन ।

Facebook Comments Box