अर्घाखाँची को चिदिकाको ठुलाखर्कमा साेलार लिफ्ट खानेपानी सन्चालन आयो, स्थानियबासीमा खुशीयाली (फोटो सहित)

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
८ असोज अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका १ चिदिकाको ठुलाखर्कमा साेलार लिफ्ट खानेपानी सन्चालनमा आएको छ ।

चिदिकाको ठुलाखर्कमा साेलार लिफ्ट खानेपानी सन्चालनमा आएको हो ।

संघिय खानेपानी अर्घाखाँची र मृत सन्जिवनीका साथै सनब्रिज सोलार नेपालको समझदारी भई योजना अगाडि बढेको थियो ।

करिव ४०० घरधुरी रहेकाे खानेपानी आयाेजनामा साेलारबाट पानी खाना पाउँदा स्थानियबासी खुशी भएका छन् । याे योजाना नेपाल कै सबैभन्दा ठुलाे साेलार लिफ्टिङ प्रोजेक्ट रहेकाे त्यस प्रोजेक्टका साइट मेनेजर प्रकाश भण्डारी कपिलवस्तु टाईम्स लाई बताउनु भएको छ ।

साथै विद्युतको माध्यमबाट पानी खादा जनताले धेरै सास्ती बेहाेर्नु परेको त्यस खानेपानी आयाेजनाका सचिव मुक्नद ज्ञवालीले जानकारी दिनुभयो ।
यस खानेपानी आयाेजनाले गर्दा जनताले साेचे भन्दा राम्रो फाइदा लिने र जनतालाई स्वच्छ पानी बितरण गर्ने संघिय खानेपानी अर्घाखाँचीकाे लक्ष्य रहेको इन्जिनियर बिजय खरेलले बताउनु भएको छ ।
बिज्ञापन

Facebook Comments Box