सामाजिक सेवामा सक्रिय बन्दै प्रभावशाली बचत समुह
विनोद मण्डल असोज 8 । नवलपरासीको युवाहरुको एक समुह सकृय योगदानकर्ता भएर काम गर्न थालेका छन् ।
समाजका दुःखलाई नजिकबाट नियाल्दै अाम मानिसको सहारा बन्दै प्रभावशाली बचत समुह ।
विगतको कोरोना संक्रमण बढिरहेको अवस्थामा र अविरल वर्षाका कारण अाम जीवन कष्टमय बनेको अवस्थामा आफ्ना अभियान अन्तर्गत विभिन्न राहत सामग्री सहित जनताको घर आगनमा पुगेर आफ्नो प्रभाव देखाउँदै अघि बढिरहेका छन् ।
जिल्लाका हरेक समस्यालाई नियालेर समाधानको उपायतिर लागिरहेका समुहले प्रतापपुर गाउँपालिका वडा नं 8 का सहामुदिन अन्सारीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बिरामी भएर गौतम बुद्ध सामुदायिक अस्पतालमा उपचाररथ रहेको निजको श्रीमतीलाई उपचारमा सहयोग हेतुले 10,000 दस हजार सहयोग गरेको संयोजक दिनेश यादवले बताएका छन् ।
युवाहरुको सक्रिय भूमिकाका कारण प्रभावशाली बचत समुह निरन्तर सहयोग गर्न तयार रहेको लुम्बिनी प्रदेश न्यूजका सञ्चालक राजु प्रसाद यादवले बताए हुन् ।
