बैतडी व्यापारी हत्या प्रकरणः मदिराको तालमा घटना, फलामको पाईपले हानेर हत्या भएको खुलेको छ।

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
८ असोज अर्घाखाँची ।
बैतडीमा व्यापारी कमलसिंह महराको हत्या भएको पुष्टी भएको छ। हत्याको आशंकामा प्रहरीले पक्राउ गरेकाहरुले हत्या गरेको स्वीकार गरेपछि हत्या भएको पुष्टी भएको थियोे ।

बिहीबार बिहान सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा मृत फेला परेका थिए। कमलसिंहको टाउको, छाती र शरिरका अन्य भागमा चोट देखिएको थियो। घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार अपराधीले बयानमा बुधबार राति सँगै रक्सी पिएको र विवाद पैदा भई झडप हुदा घटना घटेको बताएका छन्। महराको टाउकोमा खानेपानीको फलामे जिआई पाईपले हानेर हत्या गरिएको बताईएको छ।

Facebook Comments Box