भन्सार कर्मचारी कै मिलिमताेमा तस्करी माैलाउदै,एकैदिनमा ८ ट्रक केराउ बरामद ।

सेयर गर्नुहोस

अंकुश श्रीवास्तव
कपिलवस्तु , असाेज ७ । कृष्णनगर भन्सार कर्मचारीकाे मिलिमताेमा केराउ तस्करी हुँदै आएकाे तथ्य खुलेकाे छ ।
मुख्य व्यापारिक कृष्णनगर हुदै भारत जाने ८ ट्रक अवैध केराउ बुधबार राति प्रहरी र भारतीय एसएसबीले बरामद गरेकाे छ।
राति ९.३० बजे बिशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बिपिओ कृष्णनगरकाे संयुक्त टाेलीले ६ ट्रक केराउ बरामद गरेकाे छ भने एक ट्रक केराउ कृष्णनगर भन्सार कार्यालयले र अर्काे एक ट्रक सिमा कटाई भारत पुगेपछि भारतीय एसएसबीले पक्राउ गरि कार्यवाही अगाडि बढाएकाे छ ।
प्रहरीले कृष्णनगरका विभिन्न ठाउँमा अवैध रुपमा नेपालबाट भारततर्फ लैजाने याेजना रहेकाे भारतीय ट्रकमा लाेड हरियाे केराउलाई बरामद गरेको छ । कृष्णनगर प्रहरीले अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २७ लाख रुपैयाँ मूल्य बराबरको २ सय २५ क्विन्टल हरियो केराउ बुधबार बरामद गरेको हो ।
कृष्णनगर नगरपालिका २ गल्लामण्डी र सोही नगरपालिका १ स्थित दृष्टान्त पेट्रोलपम्प अगाडिबाट ५ वटा ट्रकमा नेपालबाट भारततर्फ लैजाने गरेको अवस्थामा उक्त केराउ फेला पारी ईलाका प्रहरी कार्यालय कृष्णनगर र बोडर आउट पोष्ट कृष्णनगरबाट खटिएको संयुक्त प्रहरी टाेलीले ट्रक सहित केराउ बरामद गरेको हो । बरामद ट्रक तथा हरियो केराउ आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु नायब उपरिक्षक धर्मराज भण्डारीले बताउनुभएको छ ।
एक ट्रक केराउ कृष्णनगर भन्सार नाका हुँदै भारत प्रवेश गरेपछि भन्सार प्रमुख काे समन्वयमा भारतीय एसएसबीले पक्राउ गरेकाे थियाे । यति मात्रमा ट्रक मुख्य नाका हुँदै पास गरिरहेकाे घटना सुनियाेजित याेजना हुन सक्ने स्थानीय व्यापारीहरु बताउँछन् । याे घटना भन्दा पहिला एक ट्रक (छड) ब्लेड भन्सार छलेर नेपाल प्रवेश गरेपछि सशस्त्र चेकपाेष्ट कृष्णनगरले पक्राउ गरेकाे थियाे ।यसरी निरन्तर भन्सारबाट अवैध निकासी पैठारी हुँदै आउनुमा भन्सार कर्मचारीमाथि नै शंका उठ्न थालेकाे छ ।

Facebook Comments Box