लायन्स क्लब आफ कृष्णनगर द्वारा मास्क वितरण

सेयर गर्नुहोस

कृष्णनगर, असोज ७

कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि. ३२५ बी २ ले मास्क वितरण गरेको छ ।

कोभिड-१९ को संक्रमण अझै नहटेकाले फ्रन्ट लाइनमा काम गरिरहेका सुरक्षाकर्मी लाई मास्क वितरण गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लाई मास्क वितरण गरिएको जानकारी को चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ता ले बताए ।

लायन अंशुल अग्रहरी, लायन असलम पठान, लायन शिव घिमिरे, पुर्षोत्तम घिमिरे, विजय गुप्ता लगाएत को वितरण कार्यमा सहभागिता रहेको थियो ।

Facebook Comments Box